के दिनानाथ शर्माले मसाल फुटाउन माओवादीबाट पैसा लिएकै हुन् त ?

Dinanath sharma 25

काठमाडौं । हालको नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेतामा पर्छन् दिनानाथ शर्मा । उनले नेकपा (मसाल) का त्यागेको पनि दुई दशक नाघिसकेको छ । तर, तत्कालिन समयमा दिनानाथ शर्माले पार्टी फुटाउन माओवादीबाट पैसा लिएको खुलासा भएको छ ।

वाम बुद्धिजीवी नरेन्द्रजंग पिटरले आफ्नो प्रकाशोन्मुख पुस्तकमा यसबारे चर्चा गर्दै तत्कालीन समयमा नेकपा मसाल फुटाउन तत्कालीन माओवादीबाट पैसा लिएको खुलासा गरेका छन् ।

‘नेकपा (मसाल) बाट विद्रोह गर्न र विद्रोही मसाल सञ्चालन गर्न दिनानाथ शर्मालाइ माओवादीले पैसा दिएको थियो’ पिटरले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘उनी थोरै दिनको लागि मात्र सेती महाकाली इन्चार्ज बने पनि जनयुद्दमै भने फिल्डमै सामेल भएनन् । खरीपाटी विवादमा पनि उनले पक्षधारिता निर्णायक समयमा बिक्रि गरेका थिए ।’

दिनानाथ शर्माले समानान्तर पार्टी सञ्चालन गरेको प्रमाण फेला परेपछि उनलाई नेकपा (मसाल) ले २०५५ चैत २४ गते पार्टीबाट अनिश्चितकालका लागि निष्कासन गरेको थियो । त्यसको केही समय अघि नै उनलाई पार्टीले प्रवक्ताबाट हटाएको थियो ।

‘हतियार र सेना बिनाको पार्टी कम्युनिष्ट पार्टी हुँदैन’ भन्ने शर्माले त्यसपछि भने नेकपा (मसाल) का कार्यकर्ताहरुलाई पार्टीबाट विद्रोह गर्न खुला रुपमा नै आह्वान गरेका थिए । मसालले कारबाही गरेपछि तत्कालिन नेकपा (माओवादी) प्रवेश गरेका थिए । शर्मा हाल नेकपाको तर्फबाट राष्ट्रिय सभामा संसदीय दलको नेता छन् ।

यस्तो छ पिटरको भनाई
१) नेकपा एमालेको ओली समूहसंग माओवादीतर्फको पहिलो आन्तरिक छलफलको सुत्रधार म थिँए । त्यस्को ब्यबस्थापन प्लानका नेपालगंज प्रमुख गोविन्द न्यौपाने । उनी मालेको पूर्वपार्टी कोअर्डिनेन केन्द्रका जिम्मेवार र मालेको सिराहा पहिलो सम्वेलनले निवार्चित केन्द्रिय समिति सदस्य । उनको सुझाव अनुसार मैले नेपालगंज माहाधिवेशन ताका (नेकपा एमालेको छैटौं राष्ट्रिय महाधिवेशन २०५४ माघ १२–१८, मा) नेपालगञ्जमा दमननाथ श्रेष्ठको घरमा रहेको कार्यालयमा कम। प्रदीप नेपालसंग नेकपा माओवादीका पश्चिम इन्चार्ज कम दिवाकरको निर्देशनमा भेटेको थिँए । उहाँको निर्देशनमा एजेन्डा र स्थानको तय गर्नु थियो । कम. ओलीको स्वास्थको कारण उहाँ दाङमाथी जान नसक्ने कम। प्रदीपको भनाइरह्यो । दाङ माआवादीलाइ सुरक्षित थिएन । मैले त्यसवेलानै मेरा खासमित्र मधु रिजाललाइ भनेको थिँए । मधु तिनै एमाले बौद्दिक हुँन जस्को मोटर साइकल गणेशमान पुनलाइ नेपालगञ्ज अस्पतालमा पुलिस हिरासतबाट उम्काउन प्रयोग गरिएको थियो ।
२) जनयुद्दकालमा माओवादीले नेकपा एमालेको मूल नेतृत्त्वलाइ पैसा दिएको थियो ।

३) चुनवाङ बैठकमा डा. बाबुरामले प्रचण्डसंग समाहित भँइ भनेका थिएँ थिए भने रामबहादुर थापा रूँदै कमान्डरलाइ मैले धोका दिँए, अब त्यो हुँदैन भनेका थिए ।

३) नेकपा मशालबाट विद्रोह गर्न र विद्रोही मसाल संचालन गर्न दिनानाथ सर्मालाइ माओवादीले पैसा दिएको थियो, उनी थोरैदिनको लागी मात्र सेतिमहाकाली इन्चार्ज बने पनि जनयुद्दमै भने फिल्डमै सामेल भएनन् । खरीपाटी विवादमा पनि उनले पक्षधारिता निर्णायक समयमा बिकृ गरेका थिए ।

४) नेका नेता सुशील कोइरालामाथी आक्रमण गर्ने योजना बन्दैगर्दा मैले माइतिगाँउ बैठकमा विरोध गरीँ, जिँउदा साक्षी टिकाजंग सिंह हुँन, साथ दिने नबराज पुरी पनि बिते । भनेको थिँए( तिमीले आक्रमण गर्दा पहिला त मान्छे चिन्दैनौ, निसानामा इन्जिनियर बिजय कोइराला पर्नेछन । दोस्रो कुरा उनको घर ध्वस्त गर्ने कुरा छ, सुशीलको कुनै नेपालगंजमा घरै छैन । तेस्रो र मुख्यकुरा राजनीतिक विरोधीसंग राजनीतिक टकराहट हुँनुपर्छ नकी भौतिक आक्रमण । मैले यो कुरा सुशीलसंग नजिकका साहित्यकार सनत रेग्मी र नयनराज पाण्डेसंग भनेको थिँए ।
(प्रकाशोन्मुख पुस्तकवाट)

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा खानेपानीको समस्या हुन दिन्नँ : खानेपानी मन्त्री राई

Dkt ktm samparka program

काठमाडौं । खानेपानी राजेन्द्रकुमार राईले यो वर्षदेखि धनकुटाका कुनै पनि स्थानमा खानेपानीको समस्या ...