ट्रम्पले हार नस्वीकारे जनवरी २० तारिखमा चाल पाउँछन् : बाइडेन

Jo baiden

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले डोनल्ड ट्रम्पले आफूले राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेको स्वीकार गर्न नमान्नुले राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने बताएका छन् ।

राष्ट्रपति निर्वाचित भएपछि गरिएको एउटा सम्बोधन पछि उनलाई ट्रम्पले हार स्वीकार नगरेर कस्तो सन्देश दिइरहेका छन् भनेर सोधिएको प्रश्नमा उनले त्यस्तो प्रतिक्रिया जनाएका हुन ।

मलाई लाग्छ कि यो लज्जासपद विषय हो, बाइडनले भने । म यसलाई कसरी कुशल रूपमा भनौँ ? केही बेर रोकिँदै उनले भने, मलाई के लाग्छ कि यसले राष्ट्रपतिको बिरासतलाई सहयोग गर्दैन । मलाई लाग्छ की यो सबै कुराको बोध ज्यानुअरी २० तारिखमा हुने छ, रिपब्लिकन दलका सिनेटरहरूले छिट्टै आफ्नो जितको पहिचान गर्ने बताउँदै उनले भने ।

बाइडनलाई ट्रम्प प्रशासनले हालका लागि सत्ताको बागडोर सुम्पिने विषयमा सहयोग नगरे उनको योजना के छ भनेर पनि प्रश्न गरिएको थियो । जसको उत्तर दिँदै उनले भने, यो भए राम्रै हुन्छ तर यो महत्त्वपूर्ण भने छैन, आफ्नो टोलीले हालसम्म कुनै पनि किसिमको कानुनी कारबाहीको तयारी नगरेको भन्दै उनले भने ।

ट्रम्प प्रशासनले सत्ता सुम्पने प्रक्रियालाई स्वीकृत गरिसकेको छैन जसको अर्थ बाइडनको टोलीले हालसम्म संवेदनशील जानकारी पाउन थालेको छैन । हामी उनले हार स्वीकार गरेको भए जे गर्ने थियौँ त्यही नै गर्नै छौँ, उनले भने । ट्रम्पले आफूलाई सुनिरहेको भए के सन्देश दिन चाहनुहुन्छ भन्ने प्रश्नको जवाफमा बाइडनले भने, राष्ट्रपतिज्यू म तपाईँसँग कुराकानी गर्न उत्सुक छु ।

अमेरिका पुरानै लयमा फर्कियो भन्ने कुराको जानकारी गराउनू आफूले विभिन्न ६ देशका नेताहरूसँग कुरा गरिसकेको बाइडनले जानकारी दिएका छन् । बाइडनले यूकेका प्रधानमन्त्री बोरिस जोनसन, फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँ, जर्मन चान्सलर एंगेला मर्कल, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो लगायतसँग टेलिफोनमार्फत् कुराकानी गरिसकेका छन् ।

कुराकानीमा जलवायु परिवर्तन, स्वास्थ्य, आतङ्कवाद विरुद्धको लडाइँ र सहकार्य सुदृढ गर्ने लगायतका विविध विषयमा कुराकानी भएको बताइएको छ । यसअघि अमेरिकी राष्ट्रपति(निर्वाचित जो बाइडनले कोरोनाभाइरस महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको थियो ।

उनको टोलीका अनुसार अमेरिकामा कोरोनाभाइरस परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई मास्क लगाउन भनिनेछ। बाइडनले आफ्नो कार्यकालमा जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस