बिहारमा फेरि एकपटक एनडीएको सरकार बन्ने निश्चित

Nitish kumar

एजेन्सी । भारतको बिहार विधानसभा निर्वाचनमा एनडीए गठबन्धनलाई पूर्ण बहुमत प्राप्त गरेको छ । २ सय ४३ विधान सभा सिटमा मुख्यमन्त्री नितिशकुमार नेतृत्वको एनडीएले १ सय २५ सिट जितेको छ । तेजस्वी यादव नेतृत्वको महागठबन्धनलाई भने १ सय १० सिट प्राप्त भएको छ ।

यादवको दल राष्ट्रिय जनता दल (आरजेडी) ७५ सिटका साथ पहिलो पार्टी बनेपनि सरकार बनाउन बहुमत ल्याउन सकेन ।  प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बीजेपी) ७४ सिटका साथ दोस्रो पार्टी बनेको छ ।

सन् २०१५ को निर्वाचनमा ५३ सिट मात्रै ल्याएको बीजेपी ७४ सिट जितेको छ । एनडीए गठबन्धनका नेतृत्वकर्ता नितिश कुमारको पार्टी जनता दल युनाइटेड (जेडीयू) भने ४३ सिटमै सीमित भएको छ । २०१५ को निर्वाचनमा जेडीयूले ७१ सिट जितेको थियो । बिहारमा गएको अक्टोवर २८, नोभेम्वर ३ र नोभेम्बर ७ मा गरी तीन चरणमा चुनाव भएको थियो ।

 

प्रतिकृया दिनुहोस