बिहारमा मतगणना सुरु, विपक्षी गठबन्धनले सुरूवाती अग्रता

Nitish bihar

काठमाडौं । विहारमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ । भारतको बिहार विधानसभा चुनावअन्तर्गत मतगणनामा विपक्षी गठबन्धनले सुरूवाती अग्रता लिएको छ । बिहान ८ बजेबाट सुरू भएको मतगठनामा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) पछि परेको छ ।

२४३ सिटका लागि भएको मतदानमा तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल (आरजेडी) को गठबन्धनले ११८ सिटमा अग्रता लिएको छ । भाजपा ९२ र अन्य दल पाँच सिटमा अघि देखिएका छन् ।

बिहार बिधानसभामा अहिले राष्ट्रिय जनता दलको ८० सिट छ । यस्तै जनता दल युनाइटेडको ७१, बिजेपीको ५३ र काँग्रेसको २७ सिट रहेको छ ।

कोरोना महामारीका बीचमा तीन चरणमा मतदान सम्पन्न भएको थियो । बिहार निर्वाचन आयोगकाअनुसार करिब ५८ प्रतशित मत खसेको छ जुन २०१५ मा भएको मतदानभन्दा बढी हो ।

नीतिशकुमार पछिल्लो १५ वर्षदेखि मुख्यमन्त्री छन् । उनी लगातार चौथो कार्यकालका लागि चुनावी मैदानमा छन् । मुख्य प्रतिष्पर्धा नितीश कुमार नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन अर्थात् एनडीए र तेजस्वी यादवको नेतृत्वमा रहेको महागठबन्धनबीच हुँदैछ ।

नोभेम्बर २९ मा त्यहाँको विधानसभाको कार्यकाल समाप्त हुनेछ । २४३ सिटका लागि भएको मतदानमा जितका लागि कुनै पनि पार्टी या गठबन्धनले कम्तिमा १२२ सिट जित्नुपर्ने छ ।

एनडीएमा जनता दल युनाइटेड (जेडीयू), भारतीय जनता पार्टी (बीजेपी), हिन्दुस्तानी अवाम मोर्चा (हम), विकाससिल इन्सान पार्टी (वीआईपी) रहेका छन् ।

२०१५ मा नितीश कुमार आरजेडीसँग मिलेर चुनाव लडेका थिए भने तेजस्वी यादव उपमुख्यमन्त्री बनेका थिए । तेजस्वी पूर्वमुख्यमन्त्री लालु यादवका छोरा हुन् । उनलाई चुनावदेखि नै बधाई तथा शुभकामना आइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिकृया दिनुहोस