बाइडेनलाई बधाई दिँदै विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस मागे अमेरिकाको साथ

Tedros 20201102033627

एजेन्सी । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाक राष्ट्रपतिमा निर्वाचित जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । उनले आइतबार ट्वीट गरेर बधाई ज्ञापन गरेका हुन् ।

साथै उनले सो बधाईसँगै आफू फेरि उनीहरुसँग काम गर्न इच्छुक रहेको बताएका छन् । उनले ट्वीटमा भनेका छन्– अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी हुनुभएकोमा तपाईँहरुलाई बधाई छ, म पनि यहाँहरु र यहाँको टिमसँग मिलेर काम गर्न इच्छुक छु ।

संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट निस्किने निर्णय गरेको थियो । यसप्रति उक्त संगठनले पनि विगतमा दुःख व्यक्त गरेको हो । महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले सो ट्वीटमा अमेरिकाले विश्व स्वास्थ्य संगठनमा पुनः फर्किन आग्रह पनि गरेका छन् ।

महानिर्देशक गेब्रियोसले जो बाइडेन र कमला ह्यारिसलाई विश्व स्वास्थ्य संगठनमा पुनः आउन पनि आग्रह गरेका छन् । आइतबार मात्र एक अमेरिकी दैनिक पत्रिकाले राष्ट्रपति जो बाइडेनले आफूले राष्ट्रपतिको सपथ लिएपछि विश्व स्वास्थ्य संगठनमा अमेरिका पुनः फर्किने बारेमा निर्णय गर्न सक्ने अनुमान गरेर समाचार लेखेको थियो ।

त्यस लगत्तै यता विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका बाइडेन तथा ह्यारिसलाई बधाई दिदै सो प्रसंग उल्लेख गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस