विश्वमा कोरोना संक्रमितको संख्या साढे पाँच करोड बढी

Coronavirus in india 1200x560

एजेन्सी । विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या जम्मा संख्या पाँच करोड ७२ लाख नाघेको छ । तीमध्ये तीक करोड ५६ लाख ८१ हजार जना निको भइसकेका छन् । संक्रमितमध्ये १२ लाख ६१ हजार ६७६ जनाको मृत्यु भएको छ । गएको २४ घन्टामा पाँच हजार ७६२ जनाको मृत्यु भएको छ । अघिल्लो दिन शनिबार विश्वभर ७ हजार ४४४ जनाको मृत्यु भएको थियो ।

अहिले विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड ३६ लाख ७६ हजारभन्दा बढी छ । सबैभन्दा बढी सक्रिय संक्रमित अमेरिकामा छन् । त्यहाँ अहिले घर र अस्पतालमा रहेका सक्रिय संक्रमितको संख्या ३५ लाख ६० हजारभन्दा बढी छ। आइतबार एकै दिन एक लाख एक हजार ८२० संक्रमित फेला परेका छन्

अमेरिकामा अहिलेसम्म एक करोड दुई लाख ८७ हजारभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् । तीमध्ये दुई लाख ४३ हजार ७५६ जनाको मृत्यु भएको छ । अमेरिका अहिलेसम्म सबैभन्दा बढी संक्रमितको मृत्यु हुने देश हो ।

गएको २४ घन्टामा त्यहाँ ५०० भन्दा बढीको मृत्यु भएको छ । अघिल्लो दिन शनिबार मृतकको संख्या एक हजार ३० थियो भने शुक्रबार एक हजार २४४ जनाले ज्यान गुमाएका थिए । जाडो शुरु भएपछि युरोपमा अमेरिकामा संक्रमित र मृतकको संख्या लागातार बढ्न थालेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...