नयाँ पुस्ताका नेताको बाहुल्यता रहने गरी सचिवालय पुनर्गठन गर्न नेता बास्कोटाको माग

8976552323

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले नयाँ पुस्ताका नेताहरुलाई समेट्ने गरी पार्टीको सचिवालय पुनर्गठन गर्न प्रस्ताव गरेका छन् । उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया सचिवालयबाटै सुरु गर्न प्रस्ताव गरेका हुन्।

शनिबार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले पार्टी नेतृत्वमा दोस्रो तहका नेताहरुलाई अवसर दिइनुपर्ने धारणा व्यक्त गरेका थिए। त्यसलगत्तै ओली खेमाका नेता बाँस्कोटाले सचिवालयमा पुराना भन्दा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहने गरी पुनर्गठन गर्न प्रस्ताव गरेका हुन्।

नेता बाँस्कोटाले त्यसो गरियो भने कमसेकम दुई कार्यकालका झन्झटपूर्ण खेल सकिने दाबी पनि गरेका छन्। ‘नयाँपस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुराना भन्दा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहने गरी सचिवालयको पुनर्गठनबाट सुरु गरौँ। कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खत्तम’, बाँस्कोटाले ट्विट गरेका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...