कुकुर बन्यो अमेरिकाको एक सहरमा मेयर

Mayor america

अमेरिकामा नयाँ राष्ट्रपतिका लागि भएको चुनावको मतगणना जारी छ र नयाँ राष्ट्रपतिका लागि डोनाल्ड ट्रम्प र जो बाइडनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

तर त्यही अमेरिकाको एउटा सहरमा चाहिँ एक कुकुरले मेयरमा चुनाव जितेको छ ।

अमेरिकाको केन्टकी राज्यस्थित बूने काउन्टीमा पर्ने र्‍याबिट ह्यास सहरमा विल्बर बिस्ट नामको कुकुरले बकाइदा चुनाव जितेर मेयर बनेको हो ।

फ्रेन्च बुलडग नश्लको उक्त कुकुरले जम्मा २२ हजार ९८५ मतमध्ये १३ हजार १४३ मत प्राप्त गरेर मेयरमा निर्वाचित भयो ।

सन् २०१७ देखि उक्त सहरमा ब्रेन्नेथ पाल्ट्रो मेयरको रुपमा कार्यरत रहेको थियो ।

स्मरणीय त के छ भने निवर्तमान मेयर पाल्ट्रो पनि कुकुर नै हो ।

सहरको राजदूतको रुपमा कार्यरत लेडी स्टोन नामक कुकुरले विल्बर मेयर पदमा निर्वाचित भएको आधिकारिक घोषणा ट्वीटरमा गरको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...