कैलालीमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

Nar bahadur saha

धनगढी । कोरोना संक्रमणका कारण कैलालीको गौरीगंगा नगरपालिकाका एक वडाध्यक्षको मृत्यु भएको छ । गौरीगंगा – ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

नेकपाका जिल्ला कमिटी सदस्य दीर्घ जोशीका अनुसार ६३ वर्षीय शाहको शुक्रबार बिहान ६ः२५ बजे मृत्यु भएको हो । शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका थिए । शाह नेकपाको गौरीगंगा नगर कमिटीको सचिवालय सदस्य पनि थिए ।

प्रतिकृया दिनुहोस