अमिताभ बच्चनमाथि कारबाहीको माग

88bt3v0o kbc 625x300 29 september 20 k0zxzxtw5f 768x450

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र कौन बनेका करोडपति (केबीसी) निर्माताविरुद्ध एफआईआर दर्ता गरिएको छ । महाराष्ट्रका बिजेपी नेताले अमिताभ र कौन बनेका करोडपति का निर्माताविरुद्ध हिन्दु भावनामा चोट पुराएको भन्दै कारबाही गर्न माग गरेका छन् ।

मनुस्मृतिसँग जोडिएको एक प्रश्नमा हिन्दूधर्ममाथि आहात पुगेको जनाउँदै अमिताभविरुद्ध लखनउ प्रहरीमा एफआईआर दर्ता गरिएको हो । उनलाई हिन्दूधर्मालम्बीको भावनामाथि चोट पुर्याएको आरोप लागेको छ ।

केबीसीको एक एपिसोडमा सामाजिक अभियन्ता बेजवाडा विल्सन र अभिनेता अनूप सोनी सहभागी थिए । ६ लाख ४० हजार रुपैयाँका लागि सोधिएको प्रश्न थियो, २५ डिसेम्बर, १९२७ मा डा. अम्बेडकर र उनका समर्थकले कुन धर्मको पुस्तक जलाएको थियो ?

त्यसमा अप्सन दिएको थियो, विष्णु पुराण, भागवत गीता, ऋगवेद र मनुस्मृति । यसको जबाफ उनीहरुले मनुस्मृति दिएका थिए । त्यसपछि अमिताभले दर्शकलाई भनेका थिए, डा.अम्बेडकरले मनुस्मृतिको निन्दा गरेका थिए । त्यसैले मनुस्मृतिको कपि जलाएको थियो । यसको सामाजिक सञ्जालमा पनि हिन्दुधर्मालम्बीले विरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस