नेकपामा महासचिव भन्छन्, ‘पार्टी फूटतर्फ उन्मुख भयो, पार्टी जोगाउन पहल गरौं’

Bishnu paudel

काठमाडौं । पार्टीभित्रका आन्तरिक द्धन्द्ध उचाईमा पुगेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टी फूटतर्फ उन्मुख भएको बताएका छन् ।

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो मतभेद सतहमा आएकै बेला महासचिव पौडेलले नेकपाको एकीकृत अस्तित्व गम्भीर संकटमा परेको बताएका हुन् ।

दुई अध्यक्ष ओली र दाहालबीच ११ दिनपछि शनिबार भेट भए पनि पार्टी सचिवालय बैठक बोलाउने विषयमा सहमति जुटन सकेको थिएन । योसँगै उनीहरुबीचको विवाद थप बढेको आंशका भैरहँदा महासचिव पौडेलले पार्टी एकतामा संकट आएको बताएका हुन् ।

गत भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशको पार्टी विवाद र भारतीय गुप्तचर रअका प्रमुखको अचानक भएको नेपाल भ्रमणले ओली र दाहालबीच विवाद बढाइदिएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत महासचिव पौडेलले पार्टी गम्भीर संकटमा पुगेको बताएका छन् । उनले पार्टी एकता रक्षाका लागि नेता कार्यकर्ता सबैले एकजुट हुनुपर्ने तर्क पनि गरेका छन् ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलले आइतबार दिउँसो ट्वीटमार्फत एकताका लागि योगदान गर्नसमेत सबैसँग आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यतिबेला नेकपाको एकीकृत र अभिभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता तथा सदस्यहरु समक्ष अनुरोध गर्दछु ।’

भेटको क्रममा अध्यक्ष दाहालले सचिवालय बैठक बोलाउनुपर्ने प्रस्ताव गरेका थिए। प्रधानमन्त्री ओली सकारात्मक बनेपनि सहमति बन्न सकेन । यसअघि पनि पार्टीभित्रको विवादलाई ओली र दाहालबीच पटक–पटक छलफल गर्दा समेत निष्कर्षमा पुग्न सकेको छैन ।

ओलीसँग दुरी बढेपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग समेत सहकार्यको लागि प्रस्ताव गरेका थिए । तर, ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै नेता नेपालले ओलीको प्रस्ताव अस्वीकार गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको नमस्ते झरना नजिकबाट ४२१ किलोग्राम गाँजा बरामद, कारमा सवार चालक फरार

Gaja pakrau 17

धनकुटा । सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट...