कर्णाली प्रदेश सरकारमा लफडा : आज ओली पक्षमा ३ मन्त्री हटाएर नेपाल पक्षलाई मन्त्री बनाउने अन्तिम तयारी

Mahendra bahadur shahi

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्टपार्टी (नेकपा) भित्रको विवाद थप जटिल बन्दै गर्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्दैछन् । केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी छ ।

सरकारको पक्षमा संसदीय दलमा उपस्थित नभएपछि सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरेका थिए ।

ओली पक्षका नेता यामलाल कंडेलले प्रचण्ड निकट मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्र विवाद सुरु भएको थियो । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सहयोगी भूमिका निर्वाह गरेका ओलीनिकट प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री शाहीले बर्खास्त गरेका थिए ।

दुबै जनाले मुख्यमन्त्रीको आग्रह नमानेपछि ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने र माधवकुमार नेपाल पक्षमा ३ जनालाई मन्त्री बनाउन लागिएको छ ।

मुख्यमन्त्री शाहीले नेपाल पक्षसँगको सहमती अनुसार करवीर शाही, अमरबहादुर थापा र चन्द्रबहादुर शाहीलाई मन्त्री बनाउने तयारी गरेका छन् । कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने खुलेको छैन ।

बैंकिङ कसुरमा परेका खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए ।

रावलद्धार सञ्जालमार्फत दिए राजीनामा
मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले अघोषित रुपमा पद त्यागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको नमस्ते झरना नजिकबाट ४२१ किलोग्राम गाँजा बरामद, कारमा सवार चालक फरार

Gaja pakrau 17

धनकुटा । सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट...