फ्रान्समा ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम !

France jam

फ्रान्स । फ्रान्समा दोस्रो चरणको लकडाउनको घोषणा भएसँगै राजधानी पेरिस छाड्नेको संख्या ह्वात्तै बढेको छ ।

लकडाउन कार्यान्वयनमा आउने भएपछि राजधानीमा बसिरहेकाहरुले सहर छोड्दा ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम भएको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आज रातिदेखि फ्रान्समा दोस्रो चरणको लकडाउन सुरु हुने भएपछि सहर छाड्नेको संख्या बढेको छ ।

फ्रान्समा पछिल्लो दिनयता कोरोना सङ्क्रमितसँगै ज्यान गुमाउनेको दर बढ्दै गएको छ । त्यहाँ हिजो मात्रै साढे ४७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको र २ सय ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । दोस्रो चरणको लकडाउन लागू भएसँगै फ्रान्सका स्थानीयले अति(आवश्यक नपरि घरबाहिर निस्कन पाउने छैनन् ।

प्रतिकृया दिनुहोस