कांग्रेसले कात्तिक २१ गतेलाई बोलायो केन्द्रीय कार्य समितिको बैठक

Nepali congress party office

काठमाडौं । कोरोना संक्रमण तीव्ररुपमा बढिरहेका बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी कार्तिक २१ गतेलाई बोलाएको छ ।

बैठक २१ गते शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्नेगरी बोलाएको हो । यसअघि केही केन्द्रीय सदस्यहरूमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गत असोज १९ गते बोलाइएको बैठक स्थगित भएको थियो ।

पौडेलले एक विज्ञप्ति जारी गर्दै पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीका विषयमा बैठकमा छलफल हुने जानकारी दिएका छन् । उनले भनेका छन्, ‘बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारीका विषयमा छलफल हुने भएकाले अनिवार्य उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई निर्देशानुसार अनुरोध गरिन्छ ।’

देशभर कोरोना संक्रमण तीव्र रुपमा फैलिएका बेला सरकारले भने अत्यावश्यक भीडभाड नगर्न अनुरोध गरिरहेको छ । यही क्रममा सत्तारुढ दल नेकपाको केन्द्रिय समिति बैठक पनि एक महिनाका लागि सारेको छ । यही बेला नेपाली कांग्रेसले केन्द्रिय समिति बैठक बोलाएको हो ।

 

प्रतिकृया दिनुहोस