भारत र अमेरिकाबीच महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

India and america samjhauta

काठमाडौं । भारत र अमेरिकाले मंगलबार बेसिक एक्‍सचेन्ज एन्ड कोअपरेशन (बेका) सम्झौतामा हस्ताक्षर गरेका छन् ।

लद्धाख घटनापछि भारत र चीनको बीचमा केही महिनायता तनाव बढिरहेको समयमा भएको यो सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ । सो सम्झौताअनुसार रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान हुनेछ ।

रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान गर्ने विषयमा सम्झाता गरिएको हो ।

यस सम्झौता अनुसार रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्बीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान हुने भएकोले यो सम्झौता निकै महत्वूर्ण रहेको बीबीसीले जनाएको छ ।

सम्झौता अनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउने छ । ती सूचनाहरु मिसाइल, ड्रोन लगायतका आक्रमणका लागि उपयोगी हुने खबरमा उल्लेख छ । यि दुई देशको बीचमा आज नै भएको टु प्लस टु बैठकपछि सम्झौता भएको हो ।

टु प्लस टु को अर्थ दुई देशका विदेशमन्त्रीसँग रक्षामन्त्रीको पनि बैठक हो । बैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री हिजो भारतको भ्रमणमा आएका थिए ।

विश्लेषकहरुले भारत र अमेरिकाले रक्षा सम्बन्धमा गहिरो सहकार्य गरेर चिनियाँ प्रभावलाई कम गर्न खोजेको विश्लेषण गरेका छन् ।

यता, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका भारतको अखण्डता र स्वन्त्रताको पक्षमा रहेको बताएका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टी लोकतन्त्र समर्थक नभएको आरोप समेत लगकाएका छन् । ‘चीन लोकतन्त्र, कानुन र पारदर्शिताको मित्र होइन र यो कुरा विश्वले देखिरहेको छ,’ उनले भने ।

समाचार एजेन्सी एएनआईले विदेशमन्त्री पोम्पेओलाई उद्धृत गर्दै भनेको छ, ‘म संसारको सबैभन्दा ठूलो लोकतन्त्रका लागि आफ्नो ज्यान दिने सैनिकलाई श्रद्धाञ्जली दिन नेशनल वार मेमोरियल पुगेँ । जसमा पीएलए (चिनियाँ सेना) सँगको झडपमा ज्यान गुमाएका २० जना सेना पनि छन् । भारतको अखण्डता र स्वतन्त्रताको लडाईंमा अमेरिका उसको साथमा छ ।’

प्रतिकृया दिनुहोस