हाइप्रोफाइलका लागि पाँच तारे होटलमा सेक्स र्‍याकेट सञ्चालनमा, अभिनेत्री रंगेहात पक्राउ

Sex racket

काठमाडौं । भारतको मुम्बइस्थित एक पाँच तारे होटलमा हाइप्रोफाइल सेक्स र्‍याकेट सञ्चालन भइरहेको खुलासा भएको छ । मुम्बइ प्रहरीले छापामारेर तीन महिलालाई हिरासतमा लिएको दैनिक भास्करले जनाएको छ ।

पक्राउ परेकामध्ये बलिउडकी अन्तर्राष्ट्रिय ब्याले डान्सर र बाँकी दुई अभिनेत्री भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ब्याले डान्सरमाथि बलिउड र टिभी जगतकी अभिनेत्रीहरुलाई देह व्यापारमा ल्याएको आरोप छ ।

डान्सरले उनीहरुलाई ठूला ठूला होटलमा देह व्यापारका लागि अभिनेत्रीहरुलाई पठाउने गर्थिन् । यसका लागि उनले १० लाख रुपैयाँसम्म लिने गरेकी भास्करको समाचारमा उल्लेख छ ।

गोरेगाउँस्थित पाँचतारे होटलबाट पक्राउ परेका व्यक्ति देहव्यापारमा संलग्न भएको प्रमाण आफूहरुसँग रहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि अनुसन्धान जारी छ ।

प्रतिकृया दिनुहोस