थाईल्याण्डमा राजा, जसले कुकुरलाई बायु सेनाको प्रमुखमा नियुक्त गरे

Thailyand raja

काठमाडौं । थाईल्याण्डका राजा महा भजिरालोंगकोन र उनका नीतिविरुद्ध ठूला ठूला विरोध प्रदर्शनहरु भैरहेका छन् ।

प्रधानमन्त्री प्रयुत चान ओचाले पद छाडेपछि जारी गरिएको आपतकाल घोषणाका कारण थाइल्याण्डमा चार जना भन्दा बढी मानिस भेला हुनमा प्रतिबन्ध लगाइएको छ । यद्यपी पछिल्ला केही सातादेखि राजतन्त्रविरुद्धको विरोध प्रदर्शन चर्किंदै गैरहेको छ ।

प्रदर्शनकारीहरुले राजतन्त्रको पूर्ण रुपमा अन्त्य गरी लोकतन्त्रको स्थापना गर्न माग गरिरहेका छन । कोरोना महामारीका कारण गरिएको लकडाउनले थाईल्याण्डको आर्थिक अवस्था विग्रंदो अवस्थामा छ ।

त्यस्तै राजा महा भजिरालोंगकोन आफ्ना २० जना शाही सहयोगी र ४ पत्नी तथा नोकरचाकरहरुसंग एकान्तबासका लागि भन्दै जर्मनी गएका छन । जर्मनीको बाभारिया शहरस्थित पाँच तारे होटल ‘ग्राण्ड होटेल सोनेनबिची’ मा राजा महा भाजिरालोंगकोन बसिरहेका छन । उनका लागि होटलका सबै कोठाहरु बुक गरिएका छन ।

जर्मनीको बाभारिया शहरमा पनि कोरोना महामारीका कारण लकडाउनको आदेश जारी थियो । तर थाई राजा भजिरालोंगकोनको सवारीका कारण स्थानीय प्रशासनले ग्राण्ड होटेल सोनेनबिची खोल्न विशेष अनुमति दिएको मिररले जनाएको छ ।

अहिले थाई राजा महा भाजिरालोंगकोन आफ्ना ४ जना पत्नी र २० जना शाही सहयोगीहरुसंग आनन्द भोग गरिरहेका छन । थाईल्याण्डमा शाही सहयोगी त्यसलाई भनिन्छ, जो राजाका पत्नी हैनन् तर राजालाई यौन सुख दिन्छन ।

शाही सहयोगी भनिने यो पद सन १९३२ मा हटाइएको थियो । तर वर्तमान राजा महा भाजिरालोंगकोनले शाही सहयोगीको पदलाई पुनः ब्युँताएका हुन् ।

थाईल्याण्डका राजा अस्वभाविक कृयाकलापहरुका कारण चर्चामा आइरहन्छन । राजा महा भाजिरालोंगकोनको ‘फुफु’ नाम गरेको कुकुरसंग निकै गहिरो भावनात्मक सम्बन्ध थियो । उनले एक पटक कुकुर फुफु लाई रोयल थाई एअर फोर्सको एयर चिफ मार्शलको पदमा नियुक्त गरेका थिए । अहिले त्यो भाग्यमानी कुकुरको मृत्यु भैसकेको छ ।

थाईल्याण्डमा राजाको आलोचना गर्ने कार्यलाई ठूलो अपराधका रुपमा लिइन्छ । राजाको आलोचना गर्नेलाई १५ बर्षको जल सजाय दिने कडा कानून छ । तर पनि थाई नागरिकहरु अहिले राजा महा भाजिरालोंगकोन विरुद्ध सडकमा उत्रिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...