पाकिस्तानको कराँचीमा बम बिस्फोट, ३ जनाको मृत्यु

Bomb blast. 1

कराँची । पाकिस्तानको कराँचीस्थित मस्कान चौरंगी नजिक बुधबार भएको बम बिस्फोटनमा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बम बिस्फोटनका कारण अरु १५ जना घाइते भएका छन् ।

इधी फाउन्डेसनका एक अधिकारीले घाइते सबैलाई स्थानीय पटेल अस्पतालमा भर्ना गरिएको जनाएका छन् ।

बिस्फोटको प्रकृतिका बारेमा स्पष्ट भइसकेको छैन ।

मुबिनाका प्रहरी अधिकारीले प्रारम्भिक अनुसन्धानमा सिलिन्डर बम बिस्फोट भएको बताएका छन् ।

प्रत्यक्षदर्शीले बिस्फोटबाट एक भवनका साथै केही सवारी साधनमा क्षति पुगेको बताएका छन् ।

अघिल्लो दिन शिरिन जिन्नाह कोलोनी नजिक बस टर्मिनलको प्रवेशद्वारमा एउटा बम बिस्फोटन हुँदा केही मानिस घाइते भएका थिए । –एएनआई

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...