सरकारले फेरि पनि भन्योः सबै नागरिकको निःशुल्क उपचार सम्भव छैन

Cabinet meeting

काठमाडौं । कोरोना संक्रमित सम्पूर्ण नागरिकको निःशुल्क उपचार गर्ने पूर्ववर्ती निर्णयबाट सरकार पछि हटेपछि चौतर्फी आलोचना भइरहेको छ । मन्त्रीपुिरषद् बैठक बैठक सुरु हुनेबित्तिकै बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोरोना उपचारबाट हात नउठाएको प्रष्ट पार्ने कोसिस गरेका थिए ।

उनले सञ्चारमाध्यम र विपक्षीहरूले सरकारको निर्णय अतिरञ्जित तरिकाले प्रचार गरेको पनि टिप्पणी गरेको ती मन्त्रीको दाबी छ । “बाहिर आएजसरी सरकारले निर्णय गरेको पनि छैन ।

सक्ने, धनाड्य मानिसहरूको पनि राज्यले दायित्व लिनुपर्दैन,” प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले थपे, “नसक्ने नागरिककको सबै उपचार खर्च बेहोर्ने, खर्च बेहोर्न सक्ने नागरिकहरू सरकारले नगर्ने नै हो ।” विपन्न, असहाय, एक महिला, वृद्धवृद्धा, अपाङ्गता भएका, फ्रन्ट लाइनमा खटिएकाहरूको उपचार सरकार गर्छ । तिर्न सक्नेले त तिर्दा के बिग्रन्छ र रु ,” प्रधानमन्त्रीको जोड रहेको ती मन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीको थप भनाइ उद्धृत गर्दै ती मन्त्री भन्छन्, “कोरोना सङ्क्रमणबाट जनताको जीवन जोखिममा परेकाप्रति सरकार सचेत, गम्भीर छ । जनताको जीवनरक्षाको दायित्व सरकारकै हो । सरकार कोरोना संक्रमण, नियन्त्रण, न्यूनीकरण, उपचारमा दत्तचित्त पनि छ ।”

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको नमस्ते झरना नजिकबाट ४२१ किलोग्राम गाँजा बरामद, कारमा सवार चालक फरार

Gaja pakrau 17

धनकुटा । सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट...