अजरबैजानविरुद्धको युद्धमा अर्मानियाका ७२९ सैनिकको मृत्यु

Azerbaijan1 muqcqu63v6

एजेन्सी । अजरबैजानविरुद्ध जारी युद्धमा अर्मानिया तर्फ मृत्यु हुने सैनिकको संख्या लगातार बढ्दो छ । सोमबार अर्मानियाको सेनाले यो सूचीमा १९ थप सैनिकको नाम जोडेका छन् । यसका साथै यो युद्धमा अर्मानियाको तर्फबाट मृत्यु हुनेको संख्या बढेर ७२९ पुगेको छ ।अर्मानियाको रक्षा मन्त्रालयले यसअघि यो आँकडा अधुरो हुनसक्ने बताएको थियो । लगातार जारी युद्धमा मृतकको आँकडा ढिलो गरी प्राप्त हुनसक्छ ।

यद्यपि, अर्कोतर्फ अजरबैजानले आफ्नोमा भएको धनजनको क्षतीको विवरण दिएको छैन । राष्ट्रपति इलहाम एलियेवले एक अन्तरवार्तामा युद्ध समाप्त भएपछि यसबारे जानकारी सार्वजनिक गरिने जानकारी दिएका थिए । अर्कोतर्फ अजरबैजानका प्रोसिक्यूटर जनरलको अफिसले सोमबार अगदाम इलाकामा मोर्चामा गोलीबारीका कारण चारजना घाइते भएको जानकारी दिएको छ ।

इरानले दियो चेतावनीः

इरानले काराबाखको तर्फबाट इरानको धर्तीमा मिसाइल वा तोपको गोला आए, उसले यसको जवाफ दिने चेतावनी दिएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता सईद खतिबजादेले भने, ‘इरानको धर्तीमा कुनै पनि प्रकारको हमला भए, चाहे त्यो भूलवस नै किन नगरिएको होस्, त्यसको हामी उपयुक्त जवाफ दिनेछौं ।’

समाचार एजेन्सी तासले इरानी विदेश मन्त्रालयकी प्रेस सर्भिसलाई उद्धृत गर्दै यो खबर दिएको छ । गत हप्ता मल्टीपल लञ्च रकेट सिस्टमबाट कम्तीमा आठ मिसाइल दागिएको जुन अराकेज नदीको इरानी किनारातर्फ खोडा अफारिन इलाकामा खसेको भन्ने खबर प्रकाशित भएको थियो । यसको कोही हताहत भएका थिएनन् ।

शनिबार अजेरी सेनाले यसै नदीको दोस्रो किनारामा आफ्नो झण्डा गाडेको थियो । काराबाखमा मात्र तीन हप्ताको लडाईंमा थुप्रै दर्जन मिसाइल र गोला इरानी सीमामा उडेर पुगेका छन् ।

यी तीन हप्तामा इरानी प्रेस र सोसल मिडियामा थुप्रै भिडियो र तस्बिर देखिएको छ जसमा इरानको सीमावर्ती इलाकामा बसिरहेका मानिसहरु पहाडबाट अर्कोतर्फ भइरहेको लडाईं हेरिरहेका छन् । अजरबैजान र अर्मानियासँग जोडिएको इरानी इलाकामा धेरैजसो अजरबैजान मूलका मानिसहरुको बसोबास छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...