थप २९४२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ४० हजार नजिक

४५५५६५६७४५

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार ३ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ भने ४ हजार ८ सय ३१ जना क्वारेन्टिनमा छन् ।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ८ सय ४० रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७ सय ३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ३९ पुगेको छ ।

प्रतिकृया दिनुहोस