बैतडीमा वडाध्यक्ष मडैको मृत्यु

Keshav madai baitadi

कैलाली । बैतडीमा एक वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ५ का ७० वर्षीय वडाध्यक्ष केशव मडैको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

एक्कासी घरमा लडेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । वडाध्यक्ष मडै लामो समयदेखि सुगर, प्रेसर र जन्डिसको बिरामी थिए । उनी तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...