प्रहरीमा भर्ना खुल्यो, ५ हजार २ सय २७ जनालाई अवसर (विज्ञापनसहित)

कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन पेश गर्न सकिने

Woman police 768x576

काठमाडौं । नेपाल प्रहरीले ५ हजार २ सय २७ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ । नेपाल प्रहरीले प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्धारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

नेपाल प्रहरीले ५ हजारभन्दा बढी युवाहरुलाई प्रहरी जवान पदका लागि भर्ना हुन सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।

आज प्रकाशित सूचनाअनुासर खुलाबाट २ हजार ८१७, अमर रअशक्त प्रहरी परिवारबाट १०५ जना प्रहरी जवान छनौट गरिने सूचनामा उल्लेख छ । समावेशी समुह अन्तर्गत महिला तर्फ ४६१, आदिवासी जनजाति महिला तर्फ ७३७, मधेसीबाट ६४६, दलितबाट ३४५ र पिछडा क्षेत्रबाट ११६ जना प्रहरी जवान छनौट गरीनेछ ।

यो पदमा भर्ना हुन न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ । प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले जनाएको छ ।

देशभरका ७४ वटै जिल्ला प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यकका तीनवटा प्रहरी परिसर (काठमाडौं, ललितपुर र भक्तपुर) मा दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रहरी जवान पदका लागि न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ । प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...