वामदेव गौतम सांसदबाट राजीनामा दिने तयारीमा

Bamdev gautam 1

काठमाडौँ । भैंसेपाटीमा सँगै घर भएका विष्णु पौडेल अर्थमन्त्री बनाईपछि नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम बल्ल निश्चिन्त भएकि उनी सरकारमा कुनै हालतमा लगिने छैनन् । त्यसै पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय चलाउने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेल लगिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र शंकर पोखरेलले ईश्वर पोखरेललाई बधाई दिदै मन्त्रिपरषदको समग्र कामको संयोजन गर्ने नयाँ जिम्मेवारी प्राप्त गरेको उल्लेख गरे । सरकारमा ओलीको सम्पूर्ण काममा ईश्वर पोखरेलले सहयोग गर्ने देखिएको छ ।

अब वामदेव अदालतमा विचाराधीन मुद्दा जितेरै आएपनि सरकारमा जाने ठाउँ खाली छैन । उनले चाहेको अर्थमन्त्री छिमेकी विष्णु पौडेलले पाइसके । गृहमा रामबहादुर थापा बादललाई यथावत राखेर ओलीले अरुलाई उक्त मन्त्रालय नदिने सन्देश दिइसकेका छन् । भौतिकमा वसन्त नेम्वाङ छन् । यस्तो अवस्थामा वामदेव निश्चित रुपमा रोकिइसके । वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले असोजको पहिलो साता वामदेवविरुद्ध हालेको मुद्दाको किनारा लागेको छैन ।

सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईले तत्कालका लागि वामदेव सरकारमा जान नमिल्ने गरी अन्तरिम आदेश जारी गरेका छन् । यो मुद्दा हेर्न गठित संवैधानिक इजलाशले दशैंयता किनारा नलगाउने निश्चित भइसकेको छ । मुद्दा तामेलीमा राखेर वामदेवलाई रोकेको रोक्यै बनाइनसक्छ ।

अब वामदेव ओली सरकारमा मात्र नभई यो प्रतिनिधिसभा कार्यकालमा उपप्रधानमन्त्रीसहित अर्थ या गृहमन्त्री बन्न नपाउने निश्चितप्रायः भएको छ । यसकारण उनका लागि राष्ट्रियसभा सदस्य पद नै घाँडो हुनसक्छ । उनले राष्ट्रियसभाको मनोनित सांसद पदबाट राजीनामा दिए आश्यर्च नमाने हुन्छ ।

प्रतिकृया दिनुहोस