मन्त्रिपरिषद् पुनर्गठनपछिको पहिलो बैठकः सचिवहरूको सरुवा, को–कहाँ ?

Mantriparisad 768x512

काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनपछिका पहिलो बैठकले सचिवहरूको व्यापक सरुवा गरेको छ । यसरी सरुवा हुने सचिवहरूमा प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालयमा, उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराल प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगमा सरुवा गरेको छ भने सो आयोगमा रहेका सचिव रमेशप्रसाद सिंह शहरी विकास मन्त्रालयमा सरुवा भएका छन् ।

त्यस्तै खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।

सिँचाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयमा, प्रधानमन्त्री कार्यालयमा कार्यरत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । त्यसैगरी काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ । बैठकमा अन्य कुनै निर्णय नभएको एक मन्त्रीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस