अफगानिस्तानमा सेनाका दुई हेलिकप्टर ठोक्किँदा कम्तीमा ९ जनाको मृत्यु

An afghan army helicopter

एजेन्सी । अफगानिस्तानमा सेनाका दुई हेलिकप्टर ठोक्किँदा कम्तीमा ९ जनाको ज्यान गएको छ। घाइते सैनिकको उद्धारमा खटिएका दुई हेलिकप्टर दक्षिण प्रान्ट हेल्मन्डमा ठोक्किएका हुन् ।

मृत्यु हुनेमा केही वायु सेनाका उच्चतहको तालिम प्राप्त अधिकारी रहेका छन् । प्राविधिक कारणले हेलिकप्टर दुर्घटनामा परेका हुन् । स्थानीय समय अनुसार बुधबार बिहान नवा जिल्लामा सो घटना भएको हो ।

सो क्षेत्रमा पछिल्ला दिनहरुमा तालिबान र अमेरिकी वायु सेनाको साथ पाएका अफगान सैनिकबिच भिडन्त हुँदै आएको छ । सोही भिडन्तमा घाइते भएकाहरुको उद्धारमा खटिएका दुई हेलिकप्ट ठोक्किएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...