भारतमा ७ महीनादेखि बन्द सिनेमा हल आजदेखि खुल्दै

1599451338.hall 1 768x340

नयाँ दिल्ली । भारतमा अनलक ५ु आजदेखि लागू हुँदैछ। कोरोना महामारीका कारण सात महीनादेखिको प्रतिबन्ध विस्तारै हट्दै गएको छ । आजदेखि सिनेमा हल, मल्टीप्लेक्स, इन्टरटेनमेन्ट पार्क, स्वीमिङ पूललगायतका क्षेत्र खुल्दैछन् ।

सामाजिक दूरी कायम गराउँदैं आजदेखि सिनेमा हल खोल्नका लागि सरकारले अनुमति दिएको थियो। मध्यप्रदेश, दिल्ली, चण्डीगढ, उत्तर प्रदेश तथा बंगालमा ७ महीनादेखि बन्द सिनेमा हल खुल्ने भएको हो । तर, महाराष्ट्र, झारखण्ड, छत्तीसगढ तथा पूर्वोत्तरी राज्यमा भने अर्को सूचना जारी भएपछि मात्र खुल्नेछन् ।

गुजरातमा १७ अक्टोबरबाट खुल्न सक्छ। गोवा सरकारले सिनेमा हल खोल्नका लागि अनुमति दिएको थियो। तर, सिनेमा हल सञ्चालकहरूले नयाँ चलचित्र नहुँदा हल बन्द नै राख्ने निर्णय गरेका छन् । त्यस्तै, आजदेखि मनोरञ्जन पार्क पनि खुल्नेछन् । पार्कभित्र र बाहिर स्यानिटाइज गर्नुपर्नेछ। मनोरञ्जन पार्कका स्वीमिङ पूल भने बन्द रहनेछन् ।

अन्यत्रका स्वीमिङ पूलमा एक पटकमा २० जनाभन्दा बढीलाई जान अनुमति मिल्ने छैन्। त्यस्तै आजैदेखि दिल्ली तथा महाराष्ट्रका विभिन्न क्षेत्रमा स्कूल खोल्नका लागि अनुमति दिइएको छ। पञ्जाबमा भने आजदेखि कक्षा ९ देखि १२ सम्मका स्कूल खुल्ला हुनेछन्। उत्तर प्रदेशमा भने १९ अक्टोबरबाट विद्यालय खुल्नेछन् ।

प्रतिकृया दिनुहोस