लोकसेवाले खुलायो ६३८ पदमा (विज्ञापन सहित)

Loksewa aayog bilding
काठमाडौँ । लोकेसवा आयोगले ठूलो संख्यामा कर्मचारी भर्नाको तयारी थालेको छ । राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव पद) को रिक्त स्थान पूर्तिका लागि आयोगले बुधबार ६ सय ३८ पदको लागि विज्ञापन प्रकाशित गरेको हो ।

कोरोना संक्रमण बढ्दै गए पनि आयोगले वार्षिक कार्यतालिका अनुसार नै परीक्षा सञ्चालन गर्नेगरी तयारी अघि वढाएको हो । विभिन्न सेवा समूहका सहसचिव र उपसचिवको खुला तथा बढुवा गरेर ६ सय ३८ पदको विज्ञापन प्रकाशित गरिएको आयोगले जनाएको छ। निजामती, संसद् र स्वास्थ्यमा गरेर सहसचिव १ सय ८२ तथा उपसचिव ४ सय ५६ पदका लागि विज्ञापन गरिएको हो ।

सरकारले असोज पहिलो साता नै रोकिएको परीक्षा सञ्चालन गर्न तथा नयाँ विज्ञापन खुलाउन आयोगलाई आग्रह गरेको थियो।आयोगले गएको चैतबाट रोकिएको परीक्षा लिन नयाँ तालिका पनि यसअघि नै सार्वजनिक गरिसकेको छ। गतवर्ष नै विज्ञापन गरी एक चरणको परीक्षा भइसकेर प्रक्रियामा रहेको नायब सुब्बा, शाखा अधिकृत तथा सहसचिव पदका लिखित तथा मौखिक परीक्षाको थालनी आयोगले गरिसकेको छ ।

अहिले विज्ञापन गरिएका सहसचिव र उपसचिव पदको लिखित परीक्षा मंसिर अन्तिममा सुरु भएर माघ अन्तिमसम्म चल्नेछ। आयोगका अध्यक्ष उमेश मैनालीका अनुसार सहसचिव र उपसचिव पदको लिखित परीक्षा बिहान र दिउँदो दुई सिफ्टमा सञ्चालन हुने छ । यसपछि शाखा अधिकृत, नायब सुब्बा, खरिदारलगायत पदका रिक्त दरबन्दीको विज्ञापन गरिने उनले बताए ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाको मापदण्डलाई तोकेर परीक्षाको तयारी गरिएको बताए । एउटा परीक्षा केन्द्रमा एक सय जना मात्रै परीक्षार्थी हुनेछन् । एउटा हलमा २५ जना परीक्षार्थी राखिनेछ । एउटा बेन्चमा एक जना परीक्षार्थी मात्रै हुनेछन् । परीक्षार्थी तथा परीक्षा गराउन खटिने जनशक्तिले मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने परीक्षा व्यवस्थापन मापदण्डमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञापन
 
 
 
 
 
 
 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...