कोरोना महामारीः फ्रान्सको राजधानी पेरिससहित ९ सहरमा कर्फ्यू

Thumbs b c fbc50a60cbffbfa5afbd9881f09d9d39 768x429

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रान्स सरकारले राजधानी पेरिससहित ९ सहरमा कर्फ्यू लगाउने घोषणा गरेको छ । राष्ट्रपति इमानुयल म्याक्रोले बढ्दो कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि आउँदो शनिबारदेखि लागू हुनेगरी कर्फ्यू लगाउने घोषणा गरेका हुन् ।

एक टेलिभिजन अन्तरवार्तामा सम्बोधन गर्दै उनले शनिबारदेखि कम्तिमा ४ हप्ताको लागि पेरिससहित ९ सहरमा रातको समयमा कर्फ्यू लगाउने घोषणा गरेका हुन् । चार हप्ताको लागि भनिए पनि कम्तिमा ६ हप्तासम्म कर्फ्यू लम्ब्याउने योजनामा रहेको उनको भनाइ छ ।

त्यहाँ कर्फ्यू भने राति ९ देखि बिहान ६ बजेसम्म मात्र लागू हुने बीबीसीले जनाएको छ । राति कर्फ्यू लागे पनि दिउँसो भने विद्यालय समेत खुल्नेछन् । दिनको समयमा एक सहरबाट अर्को सहरमा पनि जान सकिनेछ । फ्रान्समा अहिले स्वास्थ्य आपत्काल लागु छ । बुधबार मात्रै त्यहाँ २२ हजार ९ सय ५१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

पुरै यूरोपमा कोरोना भाइरसको संक्रमण दोस्रो लहरमा सुरु भएपछि विभिन्न देशले प्रतिबन्ध लागु गर्न थालेका छन् । फ्रान्समा अहिलेसम्म ७ लाख ७९ हजारमा कोरोनाको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ लाख ३ हजार निको भएका छन् भने ३३ हजार ३७ जनाको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...