भारतको आन्ध्र प्रदेश र तेलंगानामा भीषण वर्षा, कम्तीमा सात जनाको मृत्यु

Flood

एजेन्सी । भारतको आन्ध्र प्रदेश र तेलंगानामा भीषण वर्षा भएको छ । वर्षासँगैको बाढीका कारण सडकहरुले नदीको रुप लिएका छन् ।

आन्ध्र प्रदेशमा वर्षाका कारण कम्तीमा सातजनाको ज्यान गएको छ । मृतकका परिवारलाई पूर्ण सहयता गरिने सरकारले जनाएको छ ।

चक्रवातका कारण भएको भीषण वर्षापछि पहिरो गएको छ । तेलंगानाको राजधानी हैदराबादमा मंगलबार दिउँसोदेखि भीषण वर्षा भइरहेको छ, जसका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । तेलंगानाको मेडचल–मलकजगिरी जिल्लाको घाटकेसर क्षेत्र नराम्रोसँग प्रभावित भएको छ।

मंगलबार बिहानदेखि सुरु भएको वर्षा बुधबार बिहान पाँच बजेसम्म जारी थियो । हैदराबादमा पछिल्लो २० वर्षमा सबैभन्दा भीषण वर्षा भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...