जनतासँग किम जोङ उनले किन रुँदै माफी मागे ?

Roye 768x469

एजेन्सी । उत्तर कोरियाका नेता किम जोंग उनले पहिलो पटक आफ्नो देशका जनतासँग रुँदै माफी मागेका छन् । उनले आफूले आफ्नो देशलाई सही दिशामा लैजानको लागि सही नेतृत्व दिन नसकेको भन्दै देशका जनतासँग माफी मागेका हुन् ।

रिपोर्टका अनुसार उनले सम्बोधन गर्दागर्दै चश्मा खोले र आँशु पुछ्न थाले । देशले आफ्नो पूर्वजको उद्देश्य पूरा गर्न जिम्मेवारी दिएको बताएका थिए । तर मेरा प्रयासहरु र गम्भीरता जनताको जीवनका कठिनाइहरु कम गर्नको लागि पर्याप्त प्रमाणित हुन सकेनन् ।

मलाई यसमा दुःख लागेको नेता किम जोङ उनले भनेको बेलायती अखबार द गार्डियनमा प्रकाशित रिपोर्टमा बताइएको छ ।’ किम जोंग उन यसरी अचानक भावुक हुनुलाई कोरोनाभाइरसको महामारी र परमाणु हतियारका कारण लागेका प्रतिबन्धका कारण उनको नेतृत्व अत्यन्तै दबाबमा परेको विश्लेषण गरिएको छ ।

प्रतिकृया दिनुहोस