बिहारमा छोरासँग बैंक हिँडेकी महिलामाथि सामुहिक बलात्कार

Rape balatkar

एजेन्सी । भारतको बिहारमा छोरासहित बैंक हिँडेकी एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बिहारको बक्कसर जिल्लास्थित मुरार थाना क्षेत्रकी एक ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो  ।

ओझा बराव गाउँकी ती महिला शनिबार दिउँसो बैंक हिँडेका बेला बाटोमै एक समूहले अपहरण गरी सामूहिक बलात्कार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बलात्कारपछि उक्त समूहले छोरासहित महिलालाई हातखुट्टा बाँधेर नदीमा फालिदिएको थियो। नदीमा महिला र बच्चालाई बाँधेर फालेको देखेपछि स्थानीयले उनको उद्धार गरेका थिए। नदीमा डुबेका कारण बच्चाको मृत्यु भइसकेको थियो। महिलाको भने अहिले स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय समय अनुसार शनिबार बिहान ११ बजे ती महिला आफ्नो ५ वर्षीय छोरासहित बैंकमा पैसा निकाल्नका लागि हिँडेकी थिइन्। अबेरसम्म पनि घर नफर्केपछि परिवारले उनको खोजी गरेको थियो । साँझमात्रै परिवारले घटनाका बारेमा थाहा पाएको थियो ।

 

प्रतिकृया दिनुहोस