राप्रपाको केन्द्रीय कार्य समितिमा ७२७ जना ! को को परे नयाँ अनुहार ? (सुचीसहित)

Raprapa 3 neta

काठमाडौं । तीन वटा पार्टी मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमिति जम्बो बनाएको छ । यसअघि ३ सय २७ सदस्यीय केन्द्रीय समिति रहेकोमा शनिबार नयाँ ४ सय सदस्य थप गरी केन्द्रीय कार्य समितिको संख्या ७२७ पुर्‍याएको छ ।

राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि राप्रपाको केन्द्रीय कार्य समितिमा यो दोस्रो पटक विस्तार गरिएको हो । गत फागुनको तेस्रो साता ती दुई पार्टी एकता भएपछि जेठ २९ गते केन्द्रीय कार्य समिति, केन्द्रीय कार्य सम्पादन समिति र केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको गठन भएको थियो ।

राप्रपाले आइतबार जारी विज्ञप्तिमा पार्टीको विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्षत्रयको सहमति अनुसार केन्द्रीय कार्य समिति विस्तार गरिएको उल्लेख गरिएको छ ।

एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार गरेको राप्रपाका नेता मोहन श्रेष्ठले बताए ।

पार्टीका तीन अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको आपसी छलफल र सहमतिमा केन्द्रीय कार्य समितिले पूर्णता पाएको र छिट्टै अन्य पदहरुमा पनि मनोनयन हुने नेता श्रेष्ठले बताए । पार्टीको प्रदेश प्रमुख, कार्यसम्पादन समिति विस्तार लगायतका सबै पदहरुमा मनोनयनका लागि छलफल जारी छ ।

सो पार्टीले असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने बताएको छ ।

को को थपिए हेर्नुहोस सूची

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको नमस्ते झरना नजिकबाट ४२१ किलोग्राम गाँजा बरामद, कारमा सवार चालक फरार

Gaja pakrau 17

धनकुटा । सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट...