उर्लाबारीका मेयर फागोलाई कोरोना संक्रमण पुष्टि

Khadak bahadur phago

मोरङ । मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागोसहित अन्य दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका सूचना अधिकारी भरत अधिकारीका अनुसार मेयर फागो, उनका चालक इन्द्रप्रसाद आपागाईं र नगरपालिकाका स्वास्थ्य निरीक्षक सुरेश खड्कामा संक्रमण पुष्टि भएको हो ।

अधिकारीका अनुसार मेयर फागोका सवारी चालक आपागाईंमा कोरोनाको लक्षण देखिएपछि असोज १९ गते विराटनगरस्थित कोशी अस्पतालमा स्वाब नमुना परीक्षणका लागि पठाएकोमा शुक्रबार रिपोर्ट पोजिटिभ आएको थियो।

चालकको रिपोर्ट पोजिटिभ आएसँगै मेयर फागो र स्वास्थ्य निरीक्षक खड्काले पीसीआर परीक्षण गराएको अधिकारीले जानकारी दिए । दुवैजनाको रिपोर्ट शनिबार पोजिटिभ आएको हो ।

त्यसैगरि मेयर फागोले रिपोर्ट पोजिटिभ आएसँगै आफू आइसोलेसनमा रहेको बताएका छन् । आइसोलेसनमा बसेका मेयर फागोले भने, ‘जनताको काममा दैनिक खटिँदा कतिबेला संक्रमित भएँ पत्तै लागेन ।

प्रतिकृया दिनुहोस