कोरोनाबाट ललितपुर बार एसोसिएसनका अध्यक्ष विष्टको मृत्यु

3c1988e6a60ce8e5fa8a73b99626caad w1000 h500 cp

काठमाडौँ । कोरोनाबाट ललितपुर बार एसोसिएसनका अध्यक्षको मृत्यु भएको छ । ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष एवं ४६ वर्षीय अधिवक्ता दीपकबहादुर विष्टको निधन भएको हो ।

ललितपुरकै गोदावरी नगरपालिका–९, छम्पी निवासी विष्टलाई रुघाखोकी र त्यसपछि निमोनिया भएको थियो । उपचारका लागि उनलाई यही असोज १३ गते ललितपुरकै मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । तर शुक्रबार राति ८ बजे उनको मृत्यु भएको उनको पारिवारिक सदस्यले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस