रचना रिमालले भनिन्, दशैं आयो भन्छन् गाउँघरमा (भिडियोसहित)

Rachana rimal dasai song

काठमाडौं । कोरोना संक्रमणका कारण यो वर्षको दशैं खासै रमाइलो हुने देखिएको छैन । तथापि दशैका पीडा र यथार्थलाई समेटेर गीतहरु बजारमा धमाधम आउन थालेको छ यसै क्रममा रचना रिमालको अर्काे नयाँ गीत ‘दशैं आयो भन्छन् गाउँमा’ बोलको गीत सार्वजनिक भएको छ ।

उनले यो दशैं किन आउछ र पहिलो दशैं गीत ‘रित्तो मझेरी’ बोलको गीतमा स्वर दिइसकेकी छन् । 

हेमनाथ घिमिरेको शब्द, न्ह्यु बज्राचार्यको संगीत रहेको ‘दशै आयो भन्छन् गाउँमा’ बोलको गीतको एरेन्जर प्रज्वल लामा हुन् । दशैंसम्बन्धी यो गीतको म्युजिक भिडियोलाई विनोद श्रेष्ठको छायांकन गरेका छन् ।

लोकेश बज्राचार्यको निर्देशन र सम्पादन रहेको सो गीतको म्युजिक भिडियोमा निलम चन्दको अभिनय रहेको छ । यो गीतले कोरोना कहरका बेला पनि परिवारसँग हाँसीखुसी दशैं मनाउन आग्रह गरिएको छ ।

पछिल्लो समय रचना रिमालका कयौं गीत चर्चामा छन् । ‘रुमाल चिनो, पानी मिठो धाराको, कोसँग बोलुँ मनको, एक चिम्टी सिन्दुर, नरौ नरौ निरमायाँ, काफल गेडी कुटुक्कै, तिमी बिना, मेरो मायाँ हार हैन, रित्तो मझेरी, तीज भाका आयो चेली, सृष्टीको अनुपम उपहार जीवन, उनको प्रीति, फोटो फिरिममा, मिनरल वाटर, पहिलो पल्ट भेट हुँदा, सुनन पियारी’ जस्ता थुप्रै गीतहरु अहिले चर्चामा छन् ।

पछिल्लो समय उनका थुप्रै गीतहरु स्रोताद्धारा रुचाइएका छन् । हालै सम्पन्न नेपाल आईडल तेश्रो सिजनले उनलाई चर्चामा ल्याएको हो । नेपाल आईडलमा उनी ८ औं स्थानमा पुगेकी थिईन् ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...