दाङको तुलसीपुर १३ का वडाध्यक्षको निधन

Xthumb

दाङ । तुलसीपुर उपमहानगरपालिका १३ का वडाध्यक्ष डम्बरबहादुर न्यौपानेको शुक्रबार निधन भएको छ । केही दिनदेखि बिरामी परेका ६५ वर्षीय न्यौपानेको शुक्रबार घरबाट राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

खोकी लागेपछि सामान्य औषधि गरेर घरमै बसिरहेका न्यौपानेलाई शुक्रबार बिहान चापेपछि गाडीमा राखेर तुलसीपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । उनी स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस