प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोनामुक्त

3 sallakar

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार डा।राजन भट्टराई कोरोना भाइरसको संक्रमण मुक्त भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले ट्वीट गर्दै बिहीबार मुख्य सल्लाहकार रिमालसहित तीनै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन्। उनीहरूलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी भने सङ्क्रमण मुक्त भए या भएनन् भन्नेबारे खुलाइएको छैन ।

प्रतिकृया दिनुहोस