पर्यटनमन्त्री भट्टराईले आज एकै दिन तीनवटा विमानस्थ उद्घाटन गर्ने

B6fd21f4a7086827ae5886087c7d33e4 w1000 h500 cp

काठमाडौँ । पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज एकै दिन सुदूर पश्चिम प्रदेशमा तीनवटा विमानस्थलको उद्घाटन गर्दै छन् । डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमानस्थलमा शनिबार एकै दिन जहाज उडाएर उद्घाटन गर्न लागिएको हो । यात्रु अभावका कारण लामो समयदेखि ती विमानस्थल बन्द थिए। आजदेखि भने तीनवटै विमानस्थलबाट पुनः उडान हुने सांसद प्रेमबहादुर आलेमगरले जानकारी दिए।

पुनः उडान सुरु हुने भएपछि तीनवटै विमानस्थलमा कालोपत्रेसहित स्तरोन्नतीको काम गरिएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । सुरुमा बैतडीको पाटन विमानस्थलको उद्घाटन हुने छ। त्यसपछि चैनपुर र दिउँसो डोटीको दिपायल विमानस्थल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको नमस्ते झरना नजिकबाट ४२१ किलोग्राम गाँजा बरामद, कारमा सवार चालक फरार

Gaja pakrau 17

धनकुटा । सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट...