धनकुटाको पाख्रिबासमा नेपाली कांग्रेसको नगर कार्यालयको उद्घाटन

Dkt congres news

धनकुटा । नेपाली कांग्रेसले धनकुटाको पाख्रिबास नगरपालिकामा नगर कार्य समितिको कार्यालय उदघाटन गरेको छ ।

नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिको कार्यालयको जिल्ला सभापति अग्नीप्रसाद पौडेल, सचिव विजय सन्तोषी राई ,पाख्रिवासका नेता ज्ञानु गुरुङ र प्रदेश क्षेत्रीय कार्य समितिका सभापति इन्दिरा थापाले संयुक्त रुपमा उदघाटन गरे ।

नगर कार्य समितिको कार्यालय उदघाटन गर्दै उनीहरुले धनकुटामा नेपाली कांग्रेसप्रति जनलहर बढ्दै गएको बताए । उनीहरुले नयाँ ढंगबाट संगठन विस्तार गर्दै आएको र नेपाली कांग्रेसप्रति जनताको विश्वास बढ्दै गएको बताए ।

धनकुटाको पाख्रिवासमा विगतमा कमजोर रहेको कांग्रेसको संगठन अहिले आएर दिन प्रतिदिन सशक्त र शक्तिशाली हुदै गएको सयौको संख्यामा अन्य पार्टीहरुबाट नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको जनलहर बढ्दै गएको पाख्रिवासका स्थानीय कांग्रेस नेताहरुले बताए ।

नेपाली कांग्रेस पाख्रिवास नगरका नेता तथा जेष्ठ अभिभावक भक्तबहादुर गुरुङ्गको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, जिल्ला सदस्यहरु ज्ञानु गुरुङ, निर्मल ओझा, मोहन वान्तवा, जयन्द्र घिसिङ्ग, गोरखबहादुर पिठाकोठे, प्रदेश सभा क्षेत्रीय सभापति इन्दिरा थापा,सचिव हरी वहादुर राई ,नेपाली कांग्रेसका नेता कृष्ण थापा, नेपाल महिला संघ धनकुटार्की उपाध्यक्ष अम्विका धमला,पाख्रिवास नगर कार्य समितिका उपसभापति प्रेम भण्डारी, कोषाध्यक्ष वीरबहादुर थापा, तरुण दल पाख्रिवासका अध्यक्ष रवी राई, नेपाली कांग्रेस पाख्रिवासका नेताहरु निलम थापा, गोविन्द थापा, डिवि मोक्तान, विष्णु मोक्तान, रमेश पाण्डे, सन्तोष मानन्धर लगायतले नेपाली कांग्रेसको पक्षमा अहिले पाख्रिवास भरी जनलहर बढ्दै गएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको नमस्ते झरना नजिकबाट ४२१ किलोग्राम गाँजा बरामद, कारमा सवार चालक फरार

Gaja pakrau 17

धनकुटा । सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट...