कर्मचारी भर्ना गर्न प्रदेश २ सरकारले लोक सेवा आयोगलाई दियो स्वीकृति

Pardesh 2 mukhey mantri

जनकपुर । प्रदेश २ सरकारले प्राविधिक कर्मचारी भर्ना गर्न प्रदेश लोक सेवा आयोगलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेशमा प्राविधिक कर्मचारी नियुक्तिका लागि स्वीकृति दिएको हो ।

बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ सेवातर्फ सातौं तहसम्मका कर्मचारी भर्ना लिनका लागि स्वीकृति प्रदान गरेको हो । प्रदेश निजामती सेवा ऐन पारित नभएसम्म तत्काल सङ्घीय ऐनलाई नै टेकेर प्राविधिक कर्मचारी भर्ना गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको मुख्यमन्त्रीको सञ्चार सचिवालय प्रदेश २ ले जनाएको छ।

त्यसैगरी, सो बैठकले लोकसेवा आयोगको ओएनएम पारित गर्नुका साथै प्रदेश लोकसेवाको सचिवमा कामकाज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवलाई जिम्मेवारी दिएको छ ।

कोरोना महामारीमा प्रदेशमा चिकित्सकको अभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले ती दुवै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया सुरु गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...