बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न बाबुराम भट्टराईको माग

Baburam

काठमाडौं । जनता समाजवादी पार्टीका नेता ड. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने प्रस्ताव गरेका छन् । जुनसुकै शासन व्यवस्था आए पनि बलात्कार जस्तो जघन्य घटना नरोकिएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय दिने गरी कानुन ल्याउनुपर्ने प्रस्ताव गरेका हुन् ।

कञ्चनपुरकी निर्मला पन्त र बझाङकी बालिका सम्झना बिकको बलात्कारपछि हत्या भएको घटना स्मरण गर्दै अब यस्तो अपराधमा संलग्‍नलाई कडा सजाय दिनुपर्ने कुरा उनले सामाजिक सञ्‍जालमा गरेका हुन् ।

उनले राजनतन्त्रकालमाा नमिता सुनिताको पनि बलात्कार गरेर हत्या गरिएको स्मरण गरेका छन् । राजतन्त्रकालका नमिता सुनितादेखि गणतन्त्रकालका निर्मला पन्त सम्झना विकसम्मको बलात्कार–हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भइसक्यो उनले भनेका छन्, अब यसो गरौं, अपराधी नपक्रने मुद्दा ठीक नलगाउने जिम्मेवार पदाधिकारीलाई कारवाही जरुरी छ। अदालतमा छुट्टै बेन्चको स्थापना गरेर अपराधीलाई मृत्युदण्डको व्यवस्था गरौं ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको नमस्ते झरना नजिकबाट ४२१ किलोग्राम गाँजा बरामद, कारमा सवार चालक फरार

Gaja pakrau 17

धनकुटा । सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट...