नेकपा सचिवालयको बैठक सम्पन्न, १० दिनभित्र पार्टी एकता र एकीकरणका बाँकी काम टुंग्याउने निर्णय

Sachiwalaya wqtsuzntot xzkmkj65g6

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ ।

बैठकले पार्टी एकीकरणमा बाँकी रहेको कामलाई १० दिनभित्र पुरा गर्नेगरी कार्ययोजना बनाउने जिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका साथै महासचिव विष्णु पौडेललाई दिइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले  जानकारी दिए ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सो जिम्मेदवारी दिँदै कार्ययोजनाबारे फेरि सचिवालयमा छलफल गरेर निष्कर्षमा पुग्ने तय भएको प्रवक्ता श्रेष्ठले  जानकारी दिए ।  

बैठकले संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्तिका साथै राजनीतिक नियुक्ति पनि छिटो गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन गर्नुका साथै पार्टी र सरकारको सम्बन्ध समधुर बनाउने विषयमा छलफल भएको उनले जानकारी गराए । २-३ दिन भित्रै पुनः सचिवालयको बैठक बस्ने श्रेष्ठले जानकारी दिए । 

गत आइतबारदेखि सुरू भएको सचिवालय बैठक जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा बसेको र दोस्रो चरण भने बालुवाटारमा बसेको हो । सोमबार पेरिसडाँडामै अर्को बैठक बस्ने भनिएको थियो । तर सोमबारै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीचको भेटपछि मंगलबारको बैठक बालुवाटारमा बस्ने तय भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...