हलोमा मिल्यो राप्रपाको कुरा, एकता महाधिवेसन वैशाख २५ देखि २८ सम्म हुने

Rpp teta

काठमाडौं । पार्टी एकता भएको ६ महिनापछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा चुनाव चिह्नमा सहमति जुटेको छ । पछिल्लो सहमतिसँगै निर्वाचन आयोगमार्फत पार्टी एकतालाई पूर्णता दिने बाटो खुलेको छ ।

एकतालाई पूर्णता दिन सोमबार अध्यक्षत्रय पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको बैठक बसेको थियो । अब चुनावचिन्ह ‘हलो’ हुने, रातो, पँहेलो र निलो रंगको बीचमा ‘गाई’ रहेको झण्डा हुनेछ ।

गत फागुन २४ गते राप्रपा र राप्रपा संयुक्तबीच एकताका लागि आधार पत्रमा हस्ताक्षर भएको थियो । सोहीअनुसार फागुन २९ मा पार्टी एकता भएको थियो । तर चुनाव चिह्न के हुने भन्ने विषयमा पूर्व दुई पार्टीबीच सहमति नजुट्दा एकताले पूर्णता पाउन सकेको थिएन ।

यतिसम्मकी चुनाव चिन्हमा कुरा नमिल्दा राप्रपा हालसम्म पनि निर्वाचन अयोगमा दर्ता हुन सकेको छैन । एकताअघि थापा नेतृत्वको राप्रपाको चुनाव चिह्न गाई थियो भने राणा–लोहनी नेतृत्वको राप्रपा संयुक्तको चुनाव चिह्न हलो थियो ।

यता, राप्रपाको एकता महाधिवेशन वैशाख २५ देखि २८ सम्म हुने अध्यक्षत्रयबीच भएको राप्रपाका नेता मोहन श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...