बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, मन्त्रिपरिषद् पुनर्गठनसहितका विषयमा छलफल हुने

118649112 3304102079682273 4343222939265981651 n

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । केही समय अघिबाट बैठक सुरू भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मकालु खबरलाई जानकारी दिए ।

आज बस्ने बैठकमा मन्त्रिपरिषद् पुनर्गठनसहितका विभिन्न एजेन्डामा छलफल हुने बताइएको छ । त्यस्तै पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनसक्ने जानकारी दिइएको छ ।

आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनसहितका विभिन्न एजेन्डामा छलफल भए पनि मन्त्रीको नाम भने टुंगो लागेको थिएन । मन्त्रीको नाममा थप छलफल गर्नुपर्ने भन्दै सोमबारका लागि बोलाइएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । मन्त्रीको नामको विषयमा सोमबार अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल समेत भएको छ ।

पेरिसडाँडामा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले चार तरिकामा अहिलेको मन्त्रिपरिषद् हेरफेर गर्न सकिने प्रस्ताव राखेका थिए । पहिलो प्रस्ताव, प्रधानमन्त्रीबाहेक सबै मन्त्रीलाई राजीनामा गर्न लगाउने र सबै नयाँ राख्ने भन्ने छ । दोस्रो, सबैलाई राजीनामा गराउने अनि राम्रो काम गरेका केहीलाई पुनर्गठनमा दोहोर्‍याएर बाँकी नयाँ ल्याउने, तेस्रो दुई वर्ष मन्त्री भइसकेकाहरूलाई हटाएर नयाँलाई राख्ने र चौथो कार्यसम्पादनका आधारमा मन्त्रीहरू हेरफेर गर्ने छन् ।

प्रतिकृया दिनुहोस