नेकपाको सचिवालय बैठक स्थगित, मंगलबार फेरि बस्ने

Nekapa sachibalaya commmittee

काठमाडौं । सोमबार दिउँसो १ बजे पेरिसडाँडामा बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

आज बस्ने बैटठकले न्त्रिमण्डल पुनर्गठनको विषय टुंग्याउने भनिएको थियो । तर, तयारी नपुगेको भन्दै सचिवालय बैठक मंगलबार साँढे १२ बजेसम्मका लागि स्थगित भएको हो । थप गृहकार्य गरेर बस्ने भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक स्थगित गरेका हुन् ।

हिजो बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनमा छलफल भएको थियो । मंगलबारसम्म अध्यक्षद्वयबीच बैठकका अन्य एजेण्डामा पनि गृहकार्य गर्ने तयारी छ । त्यसका लागि आज पनि अध्यक्षद्वयबीच भेटवार्ता हुनेछ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबारकोल सचिवालय बैठक मंगलबार दिउँसो १२स्३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । हिजोको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको थियो ।

मंगलबारको बंठकमा संवैधानिक नियुक्ति, सांगठनिक र विविध अन्तरगत विभिन्न विषयहरुमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए । संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा पनि सरकारलाई निर्णय गर्न सहज हुनेगरी बैठकमा छलफल भएको उनले जानकारी दिए ।

सो विषयमा पनि निर्णय भएको छैन । यस्तै पार्टी एकीकरणका बाँकी काम पूरा गर्ने र संगठन विभागको निर्णयमाथि छलफल गर्दै अनुमोदन गर्ने विषयमा पनि छलफल भएको छ । स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेको पदपूर्ति गर्ने, केन्द्रीय कमिटी सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने विषयमा पनि सचिवालयमा छलफल हुने उनले बताए ।

पूर्णकालीन कार्यकर्तालाई कुनै न कुनै रुपमा सहयोग गर्ने पार्टीको नीतिअनुसार कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गरी निर्णय हुनेछ । यस्तै संघीय सांसदहरुले कोभिड महामारी अवधिको बैठकभत्ता के गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...