नेकपा सचिवालय बैठक : आज पहिलो पटक पेरिसडाँडामा बस्दै

Nekapa sachiwalaya 6

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पेरिसडाँडामा बस्ने भएको छ । गत शुक्रवार पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

भदौं २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयन गर्नेसम्बन्धी छलफलका लागि यो बैठक बस्न लागेको नेकपाले जनाएको छ ।

उक्त बैठकले आइतवारको सचिवालय बैठकले उपयुक्त मापदण्ड निर्माण, केन्द्रीय र प्रदेशस्तरीय मन्त्रिपरिषद्का पुनर्गठनका लागि सूची तयार पार्ने विषयमा छलफल हुने जनाइएको छ ।

नेकपामा दुई अध्यक्षबीच सहमति बनेसँगै मन्त्रिपरिषद् पुनर्गठन, प्रदेश मुख्यमन्त्रीहरुको जिम्मेवारी हेरफेरको विषय कसरी अगाडी बढ्छ भन्ने चासो निकै बढेको छ ।

दुई दिनअघि बोलाइएको बैठक प्रधानमन्त्री ओलीको व्यवस्थताका कारण अन्तिम समयमा स्थगित गरिएको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न थालेपछि पार्टी एकतापछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको छ ।

प्रतिकृया दिनुहोस