सफल व्यवसायी भण्डारी : जसको मन छ नेपालमा, ज्यान चाँही अक्लोहमामा

Madan vandari nishannews

फिलाडेल्फिया (अमेरिका) । ‘हुने विरुवाको चिल्लो पात’ भन्ने नेपाली उखान मदन भण्डारीसँग ठ्याक्कै मेला खान्छ । भण्डारी जननेता मदन भण्डारी होइनन्, सफल व्यवसायी हुन् । जसको व्यवसायीक शैलीको चौतर्फी तारिफ हुन्छ । सबैले उनको प्रशंसा गर्छन् ।

कुनैबेला उनलाई हिरो बन्ने ठूलो रहर थियो । हिरो बन्न भनेर उनी साथीसँग मिलेर बम्बई गए । बम्बई हिडेको मान्छे दिल्ली पुगे । स्कुल पढ्दा उनलाई सबैले रुपमा राम्रो छस् भन्थे प्रसंशा गर्थे । त्यतिबेला हिरो बन्ने भन्ने थियो । पछि नेपाली फिल्महरुमा अभिनय गर्न अफर पनि आएको थियो । तर, ३० वर्ष पहिलेको रहर पूरा गर्न सकेनन् ।

अमेरिका नेपालीहरुका लागि सपनाको सहर हो । यहाँ पैसा कमाउन घोडा धसेरै काम गर्नुपर्छ । नत्र असफल भइन्छ । यहाँ १० हजार विउ पुँजी भए पनि कडा मेहेनत गरे राम्रो व्यवसाय सञ्चालन गर्न सकिन्छ ।

भण्डारीले पनि थोरै पुँजीमा व्यवसाय गरेका थिए । आज उनी त्यही सानो पुँजीबाट सम्पन्न व्यवसायी बनेका छन् । उनले सुरुमा ड्राइ क्लिनर्सको व्यवसाय गरे । कडा मेहेनत गर्दै जाँदा उनी नेपाली समुदायबाट अमेरिकामा सफल व्यवसायी मध्येमा गनिन्छन् ।

आफुले नियमित आम्दानीको बाटो बनाउञ्जेलसम्म १० वर्षसम्म घोडा धसेर खट्नैपर्छ । पैसा कमाउन गाउँतिर बस्नैपर्छ । पैसा कमाएपछि तपाईलाई भेट्न मानिसहरु अवश्य नै आउने छन् । उनी ‘पैसा बनाउ, शहर पस’ भन्ने मान्यता राख्छन् । लामो समयको अमेरिका बसाईले उनलाई ‘ नो मनी, नो हनी’ भन्ने पाठ सिकाएको छ । खोस्रो समाजसेवाले मात्रै आफुलाई रित्याउने उनको अनुभव छ । रित्तो हात र आडम्बरले केही फाइदा गर्दैन । त्यसका लागि आर्थिक जोहो गर्नैपर्छ ।

भण्डारी सजिलै उनी सफल व्यवसायी बनेका पनि होेइनन् । भण्डारीको संघर्ष र सफलता अमेरिका आउन चाहने र यहाँ बसेर सफल बन्छु भन्ने जो कोहीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । अमेरिकामा सबैका लागि अवसर उपलब्ध छ । तर इमान्दारितापूर्वक काम गरे अवस्य सफलता हासिल गर्न सकिन्छ ।

‘यहाँ अवसरै अवसर छ । त्यसलाई लिन जान्नसपर्छ । किनकी यहाँ सबै उपलब्ध छन्’ उनी निशान न्युजसँग भन्छन्, ‘त्यो अवसर छोप्नका लागि कर्म गर्ने इच्छाशक्ति र परिश्रमी भइ काममा निक्कै झुकाव राख्न सक्नुपर्छ ।’

हुन पनि विद्यार्थीको रुपमा अमेरिका छिरेका उनले घरको कामदेखि स्टोरसम्म, करेसावारीदेखि सपिङ सेन्टरसम्म काम गरे । ती ठाउँहरुमा रोजगारी गर्दा उनले धेरै अनुभव बटुले । त्यही अनुभव उनले आफ्नो व्यवसायमा लगाइरहेका छन् ।

व्यवसायका प्रारम्भिक दिनहरुमा उनी दैनिक १६ घण्टासम्म काममा खटिन्थे । जसले उनलाई आज यहाँसम्म ल्याई पु¥याएको छ । धनी अमेरिकन जस्तै उनीसँग महंगो कार चढ्छन् । उनको जीवनशैली पनि उस्तै लोभलाग्दो तरिकाले बिताइरहेका छन् । त्यसो त मानिसहरु आफ्नो लागि मात्रै बाच्ने गर्छन् । तर, उनी अरुका लागि बाचेका छन् र अरुलाई बचाइरहेका छन् ।

उनका ग्यास स्टेसन र सपिङ सेन्टर गरी हाल आफ्नै ८ वटा नीजि व्यवसाय छ । जसमा १ सय ९० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उनी अक्लोहवामा सफल व्यावसयीको रुपमा गनिन्छन् ।

आफुलाई परिवारबाट पूर्ण सहयोग मिलेको बताउने भण्डारीलाई ठूलो छाती, ठुलो लक्ष्य र ठूलो मन भएका मानिसको रुपमा लिइन्छ । आत्तिने र मात्तिने बानी उनीसँग पटक्कै छैन । यो व्यवसायका लागि धेरै महत्वपूर्ण कुरा हो । जोखिम मोल्न तयार उनी व्यवसायमा निर्णय लिन सक्ने व्यक्ति भएकाले नै व्यवसायसँग सम्बन्ध राख्ने ग्राहक, कामदार, लेखा र सरकारी निकायसँग मिलेर काम गर्न सक्दछन् ।

उनी दुःखी, असाहय र असक्तलाई सेवा गर्न हरवखत तत्पर रहन्छन् । जसले आफुलाई आत्म सन्तुष्ट बनाउने गरेको उनी बताउँछन् । लोभ, इश्र्या, तनाव र असन्तुष्टिले मानिसलाई रोगी बनाउँदै अन्त्यमा मृत्युको मुखसम्म पु¥याउँछ । ‘यही कुराले मानिसलाई असफल बनाउने मार्गतिर पनि धकेल्छ । त्यसैले सो इमान्दारीता नै मेरा लागि मार्ग निर्देशन हुन्’ उनले निशान न्युजसँग भने ‘त्यसले तपाईलाई सचेत र जागरुप बनाउन हिम्मत मिलिरहनेछ ।’

व्यवसाय सफल बनाउन के चाहिन्छ त ? कसरी सफल भइन्छ ? उनी भन्छन्, ‘यहाँ राम्रो अंग्रेजी भाषाको ज्ञान, व्यवसायमा लगानी, आइडिया र कमनसेन्स, फाइनान्सियल व्यापस्थापन नै मुख्य कुरा हो । म यही कारण आफ्नो व्यवसायका सफल बनेको हुँ ।

दाङको देउखुरीमा बुवा केदारकल्प भण्डारी र आमा लक्ष्मी भण्डारीको साइला सन्तान हुन् उनी । उनी ३ वर्षको हुँदा आमाको स्वर्गारोहण भयो । उनका ४ जना दाजुभाई नै सबै व्यवसायी हुन् । माइलो दाई अस्टेलिया व्यवसाय गर्छन् भने जेठो दाई राम भण्डारी नेपालमा फर्माटिकल व्यवसाय गछन् । उनी पनि नेपालका सफल व्यवसायी हुन् भने कान्छो भाई अमेरिकामै व्यवसाय गर्छन् ।

सन् १९०४ मा उनका दाई राम भण्डारीले पढ्न भनेर अमेरिका पठाएका थिए । जुन बेला दाईको कार्पेट व्यवसाय थियो । ग्यास स्टेसन, सपिङ सेन्टर र फार्म हाउस छ । जीवन जलका जन्मदाता डा. डेविड नलिनलाई मान्छन् ।

भण्डारी सफल व्यवसायी भइकन पनि अरुका लागि केही न केही सहयोग गरिरहेका हुन्छन् । उनले अहिलेसम्म पैसाका लागि भनेर काम नगरेको बताउँछन् । ‘हामीले कहिले पनि पैसाका लागि काम गरिएन । राम्रो कुरा अगाडी आउन समय लाग्दो रहेछ’ उनी भन्छन्, ‘अहिले समय आएको छैन, भविश्यमा नेपालमै गएर केही गरेर देखाउने योजना छ ।’

उनका यीनै कुरा भए अमेरिकामा नेपाली सफल व्यवसायीको सुचीभित्रै पर्न सफल बनेका छन् । उनले अहिलेसम्म अमेरिकामा बस्ने नेपालीहरुलाई कानुनी कागज बनाइदिन सहयोग गर्ने, राम्रो जागिर खोजिदिने, दुःखसुखमा साथ दिने भण्डारी नेपालमा पनि त्यतिकै सहयोग गरिरहन्छन् । भविश्यमा नेपालमै गएर केही गर्ने सोच बनाइरहेको उनी बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...