केन्द्रिय सदस्यलाई जेलबाट छुटाउन दोलखामा प्रदर्शन

Dolakha1 pradarsan

दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य प्रविणकुमार थोकरको रिहाइको माग गर्दै दोलखामा प्रदर्शन भएको छ ।

निषेधाज्ञाको बावजुद पनि थोकरको रिहाईको माग गर्दै राप्रपा दोलखाका अध्यक्ष नवराज श्रेष्ठको नेतृत्वमा जिल्ला समन्वय समिति र प्रशासन कार्यालय घेराउ गर्दै राप्रपा दोलखाका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन् ।

विरोध कार्यक्रममा भिमेश्वर नगर अध्यक्ष विष्णु श्रेष्ठ लगायतका नेता कार्यकर्ताको उपस्थिति थियो । पक्राउ परेका राप्रपा नेता कार्यकर्ता रिहाइ नगरे अझ सशक्त विरोध कार्यक्रम गरिने राप्रपाले जनाएको छ ।

हिजो नेपाली कांग्रेसको भातृ संगठन दोलखा तरूण दलले पनि युवाहरूको रिहाइको लागि विरोध प्रदर्शन गरेको थियो ।

मेलुङ गाउँपालिकको भेडपुमा खानेपानीसम्वन्धि विवादमा गाविस अध्यक्षले अपशब्द प्रयोग गरी शान्तिपूर्ण विरोध गर्न पाउने जनताको नैसर्गिक अधिकारलाई कुण्ठित गर्दै सत्ताको बलमा पुलिस प्रशासन लगाई राप्रपा युवा नेता थोकर लगायत पाँच जना युवालाई जिल्ला प्रहरी कार्यालय दोलखामा थुनेर राखेको उनीहरुको आरोप छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...