प्रधानमन्त्रीको पुत्ला जलाउन कांग्रेसको भेलामा सरकारी कर्मचारी

Rjn

दोलखा । दोलखाको मेलुंग गाउँपालिका भेड्पूका सर्वसाधरण नागरिक माथि स्थानिय प्रशासनले लगाएको मुद्धा तत्काल खारेजको माग गदै नेपाली कांग्रेसका भातृ संस्थाहरुले सदरमुकाम चरिकोटमा जुलुस प्रर्दशन गदै पुत्ला दहन गरेका छन् ।

प्रधानमन्त्री केपी ओली पुत्ला दहन गर्ने क्रममा प्रहरी र आन्दोलनकारीको सामान्य तानातान समेत भएको थियो । जुलुसमा नेपाली कांग्रेसका नेता वर्मा लामा, कुन्दनराज काफ्ले, जिल्ला सचिव सन्तोष रिमाल, सहसचिव हरिशरण शिवाकोटी, पूर्व पार्टी सभापति उदवराज काफ्ले, महासमिती सदस्य केशव चौलागाई, महासमिती सदस्य बाबुकाजी बस्नेत, महाधिवेशन प्रतिनिधि ईश्वर नारायण मानन्धर, प्रदेश नं २ ख का सभापति जयराज श्रेष्ठ, जिल्ला कार्यसमिती सदस्यहरु कुमार भुजेल, राजु लामा, राकेश श्रेष्ठ, नेबिस दोलखाका अध्यक्ष भिम खड्का, नेपाल तरुणदल दोलखाका अध्यक्ष दावा साँगे शेर्पा लगायत सहभागी थिए ।

भेलालाई बर्मा लामा लगायतका नेताले सम्बोधन गरेका थिए । लामा सोहि गाउँपालिकाका अध्यक्षका पराजित उम्मेदवार समेत हुन्, उनि प्रदेश सभा 'क' मा पनि चुनाब उठेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारी समेत सहभागी भएपछि सबैको ध्यान खिचेको थियो । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले प्रदेश विकास स्वयंसेवक अन्तर्गत १ वर्ष अगाडी बागमती प्रदेश भित्रका १३ जिल्लामा शिक्षा, स्वास्थ्य, खेलकुद, बालबालिका, प्राविधिक, सहयोगापेक्षी सडक मानवमुक्त सहजकर्ता भन्दै २ वर्षका लागि ११९ जना नियुक्त गरेको थियो । त्यसै अन्तर्गत दोलखा जिल्ला समन्वय समिति अन्तर्गत रहेर काम गर्ने जिम्मा राजन बस्नेतले पाएका थिए । उनि प्रदेश सरकारबाट मासिक रुपमा निर्वाह भत्ता भन्दै १७ हजार चानचुन बुझ्छन, भत्ता भने जिल्लाको वर्गीकरण अनुसार फरक फरक हुने गर्दछ । तर उनि आफ्नो पदिय मर्यादा भुल्दै पार्टीको कार्यक्रममा नारा लगाऊदै प्रधानमन्त्रीको पुत्ला जलाउन अग्रसर भएका छन् । उनि नारा भन्दै मुट्ठी कसेर आन्दोलनको अग्रमोर्चामा देखिएका छन् । उनि मध्यान्ह राष्ट्रिय दैनिकका पत्रकार समेत हुन् ।

यस सन्दर्भमा कान्तिपथसंग बोल्दै जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले भने, 'मैले पनि यो कुरा सुने, जे भयो गलत भएको छ । हामी यो विषयमा थप अनुसन्धान गर्छौं' । लोकतन्त्रमा कुनै पनि व्यक्तिले कुनै राजनीतिक पार्टीमाथि आस्था राख्नु लोकतन्त्रकै सुन्दर पक्ष भएता पनि सरकारी रकम निर्वाह भत्ता बुझ्ने व्यक्ति कोरोना महामारीको बेला सरकारको स्वास्थ्य मापदण्ड पालना नगरी आन्दोलनमा उत्रनुले भने राम्रो संदेश दिएको छैन । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार दोलखामा हालसम्म ७५ जना कोरोनाका संक्रमित भेटिएका छन्, जसमध्ये २ जनाको मृत्यु भैसकेको छ, ३१ जना निको भैसकेका छन् । दोलखामा प्रमुख जिल्ला अधिकारी पनि भर्खर परिवर्तन भएका छन् ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढेको भन्दै जिल्ला स्तरिय CMC बैठकले जिल्लाभर लकडाउन घोषणा गरेको थियो तर रचनात्मक बन्नुपर्ने प्रतिपक्ष भने कोरोनालाई लापरवाह गर्दै आन्दोलन उत्रिएको छ जसले गर्दा जिल्लामा कोरोनाको जोखिम बढेको छ ।

प्रतिकृया दिनुहोस